पोखरामा बिटी कप जारी, राष्ट्रिय फुटसल खेलाडी लामालाई सम्मान
शुक्रबार पहिलो चरणका ८ खेल
पाेखरा | माघ २३, २०८२
PHOTO: SAGAR DEVKOTA
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (शुक्रबार) लामालाई सम्मान अर्पण गरेको हो ।
राष्ट्रका लागि फुटसलमार्फत योगदान दिएको भन्दै सम्मान गरिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय फुटसल खेलाडी लामा बिटी कपमा ठमेल एफसीबाट खेल्दैछन् ।
‘राष्ट्रिय स्तरका खेलाडी विरेन स्मृति बिटी कपमा खेल्न आउन् भन्ने नै हाम्रो पनि उद्देश्य हो, क्लबका अध्यक्ष गुरुङले भने, ‘यसले हाम्रो प्रतियोगिताको गरिमा पनि बढाएको छ ।’
शुक्रबार पहिलो चरणका ८ खेल
आज (शुक्रबार) भएको पहिलो खेलमा मार्सल ह्वाइटले बेलिज् एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । ह्वाइटको जीतमा नवीन पुन मगर र आकाश पुर्जामगरले समान १/१ गोल गरे ।
यस्तै दोस्रो खेलमा ठमेल एफसीले गलेश्वर एफसीलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार ठमेलको जीतमा मनिष मगर, कुन्सान श्रेष्ठ, मिग्मार तामाङ, श्री माम्बा र विकेश शामहीले समान १/१ गोलको योगदान दिए ।

यसैगरी तेस्रो खेलमा गोल्डेन नाइटको अनुपस्थितीमा वाकओभरमार्फत नवश्री विजयी बन्यो ।
चौथों खेलमा बाँनिया ब्रदर्शले युनाइटेड ब्लुलाई ३–० गोल अन्तरले पराजित गर्याे । बाँनिया ब्रदर्शको जीतमा सुशान्त थापा, बादल रानाभाट र अनुप बञ्जराले समान १/१ गोल गरे ।
पाँचौ खेलमा डेभिजफल्स क्लबले रेवल्स एफसीलाई ४–० को फराकिलो गोल अन्तरले हरायो ।
डेभिजफल्सको जीतमा रविन्द्र केसीले २ गोलको योगदान दिए भने, संगम गुरुङ र सञ्जु मगरले समान १/१ गोल गरे ।
छैटौं खेलमा माइलस्टोन स्कुकरमाथी एनए एफसीले १–० को गोलन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । एनएको जीतमा सन्तोष चौधरीले निर्णायक गोल गरे ।
यस्तै सातौ खेलमा लेकसाइड एफसीलाई दिप युनाइटेडले २–० गोल अन्तरले पराजित गर्याे ।
दिपको जीतमा लोकेन छन्त्याल र शोभित भण्डारीले समान १/१ गोल गरे ।
यसैगरी अन्तिम खेलमा कस्केरीको अनुपस्थितीमा वाकओभरमार्फत एट टु नाइन एफसी विजयी बन्दै दोस्रो चरणमा प्रवेश गर्याे ।
शनिबार पनि पहिलो चरणकै बाँकी खेल सञ्चालन हुने क्लबका निवर्तमान अध्यक्ष असिम थापाले जानकारी दिए ।
उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए ।
प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ ।
यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

